२१ माघ २०८२, बुधबार | February 4, 2026

भुटानी शरणार्थी प्रकरण : थुना मुक्तको माग गर्दै खाँण, रायमाझी सहितका नेताहरुले गुहारे उच्च अदालत



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरानसतमा रहेका नेताहरुले आफुलाई थाुना मुक्त गर्न उच्च अदालत गुहारेका छन् । उनीहरुले आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै साधारण तारेखका छाड्न माग गर्दै उच्च अदालत पाटन पुगेका हुन् ।

जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने उनीहरुको माग छ । उच्च अदालत जाने नेताहरुमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत रहेका छन् ।

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् । उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । उच्च अदालतले उनीहरूलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नाको कारण के हो भनी काठमाडौँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेको हो ।

यसअघि नै निवेदन दिएकाहरुको हकमा उच्च अदालत पाटनको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  २ : १३ बजे

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का