१ आश्विन २०८३, बिहिबार | September 18, 2026

मेयर र प्रमुख प्रशासकिय अधिकृत एकाबिहानै फोहोर अनुगमनमा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट आज विहानै प्रमुख प्रशासकिय अधिकृतलाई लिएर सडकमा निस्के । मोर्निङ वाकको हुलियामा घरबाट निस्केका नगर प्रमुख विष्ट त्रिभुवन चोकबाट सदरलाइन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो भएर भेरी अस्पताल पुगेका थिए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाललाई संगै लिएर चारबाहिनी चोकसम्म पुगेका उनीहरुले सडकमा स्वास्थ्यजन्य फोहरसंगै सरसफाईको अवस्थाबारे अनुगमन गरेका थिए ।

“स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा मेडिकलहरुले लापर्वाही गरिरहेको पाएपछि हामीले निगरानी बढाएका छौं, स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र नै सञ्चालन गरेर दैनिकरुपमा फोहर संकलन भइरहँदा पनि लापर्बाही गर्ने छुट कसैलाई छैन,” भेरी अस्पताल अगाडि भेटिएका विष्टले भने, “स्वच्छ, सफा र हरित नगर बनाउने अभियानका लागि हामी गम्भीर ढंगले लागेका छौं, सरोकारवालासंगसंगै हरेक नागरिकले आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ ।”

३ दिन अगाडि मात्र नेपालगन्जको सुर्खेतरोडमा कुनै प्रयोगशालाले प्रयोग गरेको स्वास्थ्यजन्य फोहोरको डुङ्गुर फेला परेको थियो । उपमहानगरले अहिले सम्म उक्त फोहोर फाल्ने प्रयोगशाला फेला पार्न सकेको छैन ।

मेयर विष्टले सरसफाई फाँट हेरिरहेका कर्मचारी र सरसफाईकर्मीलाई खटनपटन गराउने टिम लिडरहरुलाई सडकबाटै स्पष्ट निर्देशन दिँदै काममा कुनै कम्प्रमाइज नहुने बताए । “शतप्रतिशत काम चाहिन्छ, टालटुले हिसाबले हुँदैन, राम्रोसंग काम नगर्नेहरुलाई तुरुन्त फायर गर्नुस्, काममा कुनै कम्प्रमाइज हुँदैन, नगर सफा देखिनुपर्दछ,” विष्टले भने । नेपालगन्ज उपमहानगरपालिकाले सरसफाईका लागि थुप्रो धनराशी खर्च गरिरहेको बताउँदै उनले सहर सफा देखिने गरी काम गर्न निर्देशन दिए । नगर प्रमुख विष्टले सरसफाईको अवस्था हेर्न निरन्तर अनुगमन गरिने पनि बताए ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले स्वयं नागरिकमा इमान्दारिता, जागरुकता र जिम्मेवारीपन भए सफा र स्वच्छ नगर बनाउने उपमहानगरपालिकाको अभियान छिट्टै सार्थक हुने बताए । नगरको सुन्दरता र स्वास्थ्यसंग जोडिएको संवेदनशील विषय भएकाले सबैको साझा प्रयासबाट स्वच्छ र सफा सहर निर्माणमा टेवा पुग्ने रिजालको विश्वास छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : ५१ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा