४ पुस २०८२, शुक्रबार | December 20, 2025

आदर्श युवा सञ्जालको अध्यक्षमा कल्पना तामाङ



खजुरा । बाँकेको खजुरामा क्रियाशील आदर्श युवा सञ्जालको प्रथम बार्षिक साधारण सभा स्थानीय कल्पना तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । सञ्जालको प्रथम बार्षिक साधारण सभा तथा अधिवेसन तामाङको नेतृत्वमा निर्विरोध कायस्मिति चयन गर्दै सम्पन्न भएको हो ।

अधिवेशनबाट सञ्जालको उपाध्यक्षमा पत्रकार खगेन्द्र दाहाल, सचिवमा सुवास निरौला, सह सचिवमा गम बहादुर डागर र कोषाध्यक्षमा होमनाथ दाहाल निर्विरोध निर्वाचित भएका छन् । सञ्जालको सदस्यहरुमा भरत जैसी, मन्जु वली, यम बहादुर विष्ट र सलिल खड्का निर्विरोध निर्वाचित भए ।

सञ्जालको साधारण सभाको उद्घाटन खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले खजुरामा युवाहरुको सवालमा आदर्श युवा सञ्जालले उल्लेखनिय कार्य गरेको बताए । विगतका वर्षदेखि नै सञ्जालले सामाजिक कार्यमा काम गर्ने अव्वल सस्थाको रुपमा आफुलाई परिचित गराएको वडाध्यक्ष भण्डारीले बताए । उनले वडा स्तरमा रहेका समाजिक गतिविधिका कार्यक्रम पनि सञ्जाल मार्फत सञ्चालन गर्न चाहेको बताए ।

खजुरा गाउँपालिकाका वडा नम्बर ४ का नि वर्तमान अध्यक्ष तिलकविर सुनारले सञ्जालले गरेको सामाजिक कार्यको प्रसंसा गरे । सुनारले सञ्जालको अघिल्ला कार्यहरुमा प्रत्येक्ष सहभागि भएको भन्दै सञ्जालको प्रगतिमा सहयोग सहकार्य सदैव हुने प्रतिवद्धता व्यक्त गरे ।

सञ्जालले खजुरामा रहेर बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । समाज रुपान्तरणको लागि युवा लाग्न पर्छ भन्ने हेतुले सञ्जालका पदाधिकारीहरु सोहि अनुरुप कार्य गरिरहेको सचिव सुवास निरौलाले जानकारी दिए । सभामा सचिव सुवास निरौलाले प्रस्तुत सञ्जालको प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिबेदन पास गरिएको नव निर्वाचित उपाध्यक्ष खगेन्द्र दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको