५ पुस २०८२, शनिबार | December 20, 2025

आज पनि पार्टी र नेतृत्वविरुद्ध चारैतिरबाट घेराबन्दी भइरहेको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र नेतृत्व विरुद्ध चारैतिरबाट घेराबन्दी भइरहेको बताएका छन् ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको बताएका हुन् ।

माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको र नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेको भन्दै उनले यसप्रति सचेत हुनुपर्ने बताए । प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको समेत स्मरण गरे। उनले पार्टी नेताहरु एक ढिक्का भएर अघि बढ्दा त्यस्ता घेरावन्दीलाई सजिलै परास्त गर्न सक्ने विश्वास पनि व्यक्त गरे । केन्द्रीय समिति बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताउँदै प्रचण्डले ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने उनले दाबी गरे ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको