५ पुस २०८२, शनिबार | December 20, 2025

शीर्ष नेताबीच सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्म स्थगित



काठमाडौं। प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित भएको छ ।

अवरुद्ध संसद खुलाउने विषयमा आज दोस्रो पटक शीर्ष नेताहरुबीच छलफल भएपनि सहमति नजुटपछि भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो । संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी गराएको छ ।

संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज दोस्रोपटक छलफल भएको थियो । तर, सहमति जुट्न सकेन ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ५ : ०६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र