१ पुस २०८२, मंगलबार | December 16, 2025

सिद्धबाबा क्षेत्र नजिकै हेडबक्समा पहिरो जाँदा बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए ।

“पहिरोले सडक रातीदेखी बन्द भएको हो । अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । दुइवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ”- थापाले भने

करिब १ घण्टामा सडक एकतर्फि खुलाउने प्रयास भै रहेको थापाले जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : १३ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच