५ पुस २०८२, शनिबार | December 20, 2025

सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय



काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारका सहभागी गराउने यसअघि नै बताइसकेका थिए । सो पार्टीका तर्फबाट अनितादेवी साहलाई मन्त्री बनाउने निर्णय यसअघि नै जनमत पार्टीले गरिसकेको छ ।

सत्तागठबन्धमा भए पनि जनमत पार्टी सरकारमा सहभागी हुन सकेको थिएन । बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको पछिल्लो अवस्था र शान्ति सुरक्षालगायतका विषयमा बैठकमा जानकारी गराएका थिए ।

मन्त्री मोदी पछिल्लो समय दुर्गमका कर्मचारीलाई सुगम र सुगम सहित काठमाडौं नछाडेका सरकारी कर्मचारीलाई दुर्गममा सरुवा गरेर चर्चामा आएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ०० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता