९ श्रावण २०८३, शनिबार | July 25, 2026

सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही होइन : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताएका छन् ।

पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको प्रतिक्रियावादीमा आतङ्क सिर्जना भएको पनि दाबी गरे । आफुहरु सही ठाउँमा भएको जिकिर गर्दै प्रचण्डले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताएका हुन् ।

“उनीहरुको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी अप्ठ्यारोमा छैनौँ । हामीले सुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिका पक्षमा नयाँ ढङ्गले काम गरिरहेका छौँ”, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सुशासनका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे। उनले भने “सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा सङ्कल्पका रुपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेथिती देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।”

प्रधानमन्त्रीले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताए ।

पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले तीनमहिने अभियानले पार्टीलाई नयाँ उचाइमा पु¥याउने बताए । “हामीले फेरि पार्टी बनाउन सक्यौँ भने देशमा आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौँ । विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ”, अध्यक्ष प्रचण्डले भने ।

उनले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रुपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको बताए । केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको मात्रै नभएको उनको धारणा थियो ।

बैठकले ती प्रश्नहरुको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरी छाड्नेबारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । बैठकमा बागमती प्रदेश मातहत रहेका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ५६ बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख