१९ बैशाख २०८३, शनिबार | May 2, 2026

मंगलबारसम्मका लागि संसद बैठक स्थगित, सर्वदलीय बैठक निष्कर्षविहीन



काठमाडौ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा दलीय सहमति जुट्न नसक्दा १० साउनदेखि बैठक स्थगित हुँदै आएको छ ।

आइतबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह करिब ३ बजेतिर सूचना निकालेर मंगलबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।

यस अघि संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । पुनः सोमबार बस्ने गरी बैठक सकिएको रास्वपा सभापति रवि लामिछानेले बताए ।

सदनको अवरोध हटाउने विषयमा सबै दल सहमत देखिएको जानकारी दिएका उनले बैठकपछि भने, ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ ।’

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरिले आफूहरुले राखेको माग पूरा नभएसम्म अवरोध कायमै रहने बताए । उनले नेपालको छबिमाथि प्रश्न उठेको बताउँदै यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाए ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सर्वदलीय बैठकमाम सदन सुचारु गर्ने विषयमा छलफल भएको बताए ।

 

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ३ : २९ बजे

दोहामा बृद्धजयन्ती मनाइयो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बृद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित