१७ माघ २०८२, शनिबार | February 1, 2026

एनएमबि बैंक गोरुसिङ्गेको बित्तीय साक्षरता सप्पन्न



कपिलवस्तु । एनएमबि बैंक गोरुसिङ्गे शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । कपिलवस्तुको बुद्धभुमि गोरुसिङ्गे स्थित सोशियल आभासिय मावि कक्षा ११ र १२ का ब्यवस्थापन विषय अध्यनरत विद्यार्थीहरुलाइ बित्तीय साक्षरता प्रदान गरेको हो ।

बैंकका शाखा प्रबन्धक केशर सिंह टण्डन तथा कर्मचारी सन्जय शर्मा र पशुपति अधिकारीले सो वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गरेका थिए । उनीहरुले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन, आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाताबारे जानकारी, शेयर कारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य रमेश गौतम तथा शिक्षक अर्जुन भुसालले एनएमबि बैंकले प्लस टु लेभल ब्यवस्थापन तहमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद दिदै कार्यक्रम समयसापेक्ष र ब्यवहारिक रहेको बताएका थिए ।

बित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बताएका थिए ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ७ : १२ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले