३ पुस २०८२, बिहिबार | December 19, 2025

ओटीटीमा ‘महापुरुष’



काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ-नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे ।

सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटीटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए तर विदेशी एपमा दर्शक झुम्दा सोही प्रकृतिका नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले दर्शक पाएनन् ।

आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । शुक्रबारदेखि ‘महापुरुष’ प्रदर्शनमा आएको जानकारी दिँदै अध्यक्ष लामिछानेले नयाँ सामग्री आउँदा दर्शक बढ्ने जानकारी दिए ।

“चलचित्र भवनमा जस्तै ओटीटीमा पनि दर्शक बढिरहेका छन् । युट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि विस्तारै बानीको विकास भइरहेको छ”, अध्यक्ष लामिछानेले भने ।

अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठूलो सङ्ख्यामा दर्शक रहेको बताउँदै यसको विस्तारमा ध्यान दिन आग्रह गरे । उनले भने, “हामी कहाँ नयाँ बजार विकसित भइरहेको ओटीटीमा दर्शकलाई आकर्षित गर्न हामी सबैको हुनुपर्छ । मेरो पहिलो चलचित्र प्रदर्शनमा आएको छ, उत्साहित छु ।”

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ मा राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापालगायतका कलाकारले अभिनय गरेका छन ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ८ : ४५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको