१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १०९ वटै पालिकाबाट सर्वसम्मत प्रतिनिधी छनोट



बुटवल । भदौ १६ र १७ गते बुटवलमा हुन लागेको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि आज प्रतिनिधि छनौट सम्पन्न भएको छ । प्रदेशमा रहेका १०९ वटै पालिकामा र सबै जनसंगठनबाट गरी एकहजार ४ जना प्रतिनिधि सर्वसम्मतरुपमा छनोट गरिएको हो ।

यसैक्रममा रुपन्देहीका बुटवल, तिलोत्तमालगायत १६ वटै पालिकाबाट सर्वसम्मत प्रतिनिधिहरु छानिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।

बुटवल उपमहानगरका १९ वटा वडाबाट खुल्लातर्फ ३२ जना प्रतिनिधि प्रदेश अधिवेशनका लागि छानिएका छन् । त्यस्तै महिलातर्फ १५ जना र दलिततर्फ ४ जना प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

त्यस्तै तिलोत्तमा नगरपालिकाबाट खुलातर्फ २० जना, महिलातर्फ ९ जना र दलिततर्फ एकजना गरी ३० जना प्रतिनिधि छानिएको एमाले नगर कमिटीले जानकारी दिएको छ । सिद्धार्थनगर नगरपालिकाबाट खुलातर्फ ५ जना, महिलातर्फ २ जना, दलिततर्फ एकजना र पेशागततर्फ २ जना प्रतिनिधि छानिएका छन् । त्यस्तै देवदह नगरपालिकाबाट खुलातर्फ ६ जना, महिलातर्फ ३ जना र दलिततर्फ २ जना प्रतिनिधि छानिएका छन् ।

आकांक्षी धेरै भएपनि सबै ठाउँमा सर्वसम्मत प्रतिनिधि चयन भएको घिमिरेले जानकारी दिए । “यो नेतृत्वप्रतिको विश्वास पनि हो, यसपल्ट अधिकांश युवा पनि प्रतिनिधिको रुपमा छानिएका छन्, यसले पार्टीलाई नयाँ गति दिने आशा गर्न सकिन्छ”-उनले भने । एमालेले यो पटकदेखि सबै सहभागी प्रतिनिधिलाई भूगोलबाट नै अनिवार्यरुपमा निर्वाचित भएर आउनुपर्ने विधि तय गरेकाले र सबै क्षेत्रमा एकैपटक प्रतिनिधि छान्ने समय तोकेकाले पनि सबैलाई आफ्नो भूगोलमा केन्द्रित गरेर प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

अधिवेशन बुटवल १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ । अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु आउने निश्चित भइसकेको छ ।

प्रदेश कमिटी सदस्य मोहन चापागाईले प्रादेशिक संरचनामा हुन लागेको पहिलो अधिवेशन भएकाले पनि नमुना ढंगले अधिवेशन पूरा गर्नुपर्ने र सबैको चासो बढेको बताए । उनले अधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था गरिएपनि होटलको व्यवस्थापन आफैले गर्नुपर्ने नियम बनाइएको बताए ।

अधिवेशनको सन्दर्भमा प्रचार विभागले सम्पादकहरुसंग मिडियामार्फत् सहयोगको लागि अन्तक्र्रिया गर्ने, १४ गते पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी दिने, उदघाटनको दिन पार्टीको वेभसाइटसहित न्युज पोर्टल लुम्बिनी सन्देश डट कमको सार्वजनिक गर्ने, वेभसाइटका लागि तयारी गर्ने प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ७ : २० बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि