२१ माघ २०८२, बुधबार | February 4, 2026

खजुराका पालिका अध्यक्षले मोबाईलमै जिउँदो मान्छेलाई मरिसकेको भनेपछि……(अडियोसहित)



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डम्बर बि.क तुफानले जिउँदै रहेको व्यक्तिलाई मरिसकेको बताएपछि उनको अभिव्यक्ति विवादित बनेको छ ।

खजुरा गाँउपालिकाको संस्थागत मोबाईलमा कल गरेर पालिकाका पूर्व अध्यक्ष किस्मत कक्षपतिलाई खोज्ने क्रममा अध्यक्ष बि.कले मरिसकेको अभिव्यक्ति दिएपछि बि.कको अभिव्यक्ति विवादित बनेको हो ।

एमाले पोलिटव्युरो सदस्य एवम् बाँके इन्चार्ज खेममान खड्काले अघिल्लो कार्यकालमा पालिका अध्यक्षका हैसियतले किस्मतले चलाईरहेको मोबाईल ९८५८०६०११५ मा कल गरेर किस्मत जी लाई खोजेको हो भन्ने कुराको जवाफ दिंदै अध्यक्ष बि.कले ‘किस्मत त मरेर अस्ती मट्टी दिईसकेम’ भन्दै गाली गलौजमा उत्रिएको अडियो सार्वजनिक भएको छ ।

हाल नेकपा एमालेको बाँके जिल्ला अध्यक्ष रहेका किस्मत कक्षपतिबारे अपशव्द बोलेको भन्दै एमाले बाँकेले आपत्ति जनाएको छ । पालिका अध्यक्ष जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको त्यस्तो भाषाशैली हुनु आपत्तिजनक रहेको भन्दै एमाले बाँकेको प्रचार विभागले पत्रकार सम्मेलन गरेर भर्त्सना गरेको छ । प्रचार विभाग प्रमुख सतिश निरौलाले पालिका अध्यक्षको अभिव्यक्ति अमर्यादित, गैरजिम्मेवार र गालीगलौजपूर्ण रहेको भन्दै नेताहरूले कानुनी उपचार खोज्ने बताए ।

एमाले पार्टीका पोलिटव्युरो सदस्य एवम् बाँके जिल्ला इन्चार्ज कमरेड खेममान खड्काले जनप्रतिनिधि जस्तो मान्छेको बोल्ने शैलीले उनी त्यो पदको सम्मान गर्न सक्ने व्यक्ति होइन भन्ने स्पष्ट भएको बताए । उनले बिकसँगको कुराकानीको केही अंश मात्रै आफुले रेकर्ड गरेको बताए ।

कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । पहिले उनैले चलाउने पालिकाको अफिसियल मोबाईलमा खड्काले फोन गरेका थिए । २०७९ को स्थानीय निर्वाचनबाट बिक पालिका अध्यक्ष निर्वाचित भएपछि उनले सोही नम्बर चलाइरहेका छन् ।

पालिका अध्यक्ष बि.कले भने खबरकुराबाट गरेको फोन उठाएनन् । अफिसियल र उनको निजी नम्बर समेत नउठेपछि उनको प्रतिक्रिया राख्न सकेनौं ।

यस्तो छ सम्बाद :

तुफान : तपाई को ?
खेम : नाइँ नाइँ …मैले त किस्मतलाई खोज्या हो ….
तुफान : किस्मत त मरेर अस्ति मट्टी दिइ सकिम्
खेम : ठिकै छ, तपाईले त्यो भाषा प्रयोग गरेपनि……
तुफान : तपाई को  भन्नु न, अर्काको फोनलाई किस्मत भनेर गर्नी ?
खेम : ठिकै छ, कहिलेकाहिँ त मिस्टेक हुन्छनी….
तुफान : अरे राख्नु न यार फोन…
खेम : ठिकै छ, तपाईले राखेपनि हुन्छ, तपाईले राखे…..बिचमै काटेर
तुफान : (अपशब्द) फोन राख न बे……..
तुफान : तैले राख्न बे तैले गरेको होस्
खेम : गर्न न गरेको हो मैले….
तुफान : साला किस्मतको चोर

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ८ : १३ बजे

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज