७ श्रावण २०८३, बिहिबार | July 24, 2026

एमाले लुम्बिनी प्रदेश अधिवेशन तयारीका लागि रुपन्देहीले बनायो जनपरिचालन योजना



बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको तयारीका सन्दर्भमा सोमबार रुपन्देही जिल्ला कमिटीले जिल्लाका सबै पालिकाका पार्टी प्रमुखहरुको संयुक्त बैठक वसी अबका ४ दिन सम्पूर्ण रुपले यही अभियानमा लाग्न निर्देशन गरेको छ ।

पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सबै कमिटीलाई यथार्थ धरातलमा उत्रिएर स्पष्ट योजना र जिम्मेवारीका साथ काममा लाग्न निर्देशन दिइन् । सो अवसरमा सवै पालिकाले आफुले अधिवेशनमा ल्याउनसक्ने कार्यकर्ताको संख्यावारे स्पष्ट बताएका थिए ।

जसअनुसार बुटवलले पाँच हजार जनाको सहभागिता सुनिश्चित गरेको छ । यसबाहेक तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह र लुम्विनी साँस्कृतिक नगरपालिका तथा गाउँपालिकाहरु मायादेवी, कोटियामाई, समयमाई,रोहिणी, गैडहवा, ओमसतिया, कञ्चन, शुद्धोधन र सियारी पालिकाहरुका अध्यक्षहरुले प्रतिवद्घता ब्यक्त गरेका थिए ।

जनपरिचालन कमिटीका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य भूमिश्वर ढकालले जनपरिचालन गर्ने काम प्राविधिक भएकोले विशेष ध्यान दिन आग्रह गरे ।

जिल्ला पार्टी अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको बैठकमा उनले १६ वटै पालिकामा सहजताकासाथ प्रतिनिधि छनौट गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै अवको कार्यभार अधिवेशन सफल पार्ने भएकोले हाम्रो कार्ययोजना अनुरुप लाग्न सवैलाई अनुरोध गरे ।

यो अधिवेशनको व्यवस्थापन रुपन्देहीले पाउनु महत्वपूर्ण अवसर भएको र सम्मेलनले पार्टीलाई भावनात्मक एकता कायम गरेर लैजाने विश्वास केसीले ब्यक्त गरे ।

सो अवसरमा पार्टीका पोलिटव्युरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने र खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु शिव सुवेदी र कमल गौतमले विविध विषयमा जानकारी दिएको जिल्ला सचिव यज्ञ गैरेले बताए ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ७ : ५३ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी