१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ : उपमहासचिव पुन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले आजदेखि देशभर सुरु गरेको ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’को आज गोँङ्गबुस्थित नयाँ बसपार्कमा उद्घाटन गर्दै पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धनको सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताए। वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न सुरु गरेको उनको भनाइ थियो ।

“समाज, राज्य र पार्टीको शुद्धिकरणका लागि माओवादीले रुपान्तरण अभियान सञ्चालन गरेको छ”, उपमहासचिव पुनले भने, “लामो समयपछि जनताको गुनासो सुन्न तथा सरकारले गरेका राम्रा कामलाई जनतासामु लैजानका लागि पार्टीले रुपान्तरण अभियान सुरु गरेको हो ।” आजदेखि सुरु भएको अभियान देशभरका छ हजार सात सय ४३ वटै वडामा सञ्चालन गरिने उल्लेख गर्दै उनले अभियान तीन महिनासम्म सञ्चालन हुने जानकारी दिए ।

उपमहासचिव पुनले माओवादीले कुनै पार्टी र दलप्रति लक्षित गरी अभियान सञ्चालन नगरेको उल्लेख गर्दै पार्टीको शुद्धिकरणका लागि अभियान सञ्चालन गरिएको स्पष्ट पारे । देशको आर्थिक विकासका लागि उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । उद्योगी व्यवसायीको हकहितको पक्षमा पार्टी सदैव सकारात्मक रहेको उनले बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, उपमहासचिव पुरुषोत्तम सिङ्खडासहित माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

सो अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर र सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ को उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  १२ : २२ बजे

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार

विष्णु पौडेलको प्रतिवद्धताले मतदाता आर्कषण, पूरा योजना पूरा गरी नयाँ कार्यान्वयनमा लैजान आग्रह

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नं २ बाट उम्मेदवार

नारायणप्रसाद आचार्य पुनः चुनावी मैदानमा, अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

पाल्पा । पाल्पा क्षेत्र नम्बर १ का पूर्व प्रतिनिधिसभा सदस्य

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै

बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक

ट्रम्पको प्रश्न – इरान किन झुकेको छैन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन