२२ चैत्र २०८२, आइतबार | April 6, 2026

बुटवलमा एमालेको लुम्बिनी प्रदेश अधिवेशन (तस्वीरसहित)



बुटवल । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन सुरु भएको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन चलिरहेको छ । अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसहितका वरिष्ठ नेताहरु सहभागी भएका छन् ।

अधिवेशन उद्घाटनअघि विभिन्न क्षेत्रबाट र्‍याली निकालिएको थियो । सम्मेलन केन्द्रमा एमालेका नेता कार्यकर्ताहरुको ठूलो उपस्थिति रहेको छ ।

दुई दिन सम्म चल्ने अधिवेशनमा प्रदेशका १२ जिल्लाकै प्रतिनिधिरु सहभागी छन् । अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी एक हजार चार जना प्रतिनिधि सहभागी भएको एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । मुलुक संघीयतामा गएपछि पहिलो भएको अधिवैशनलाई भव्य बनाउन एमालेले केहीदिन अघिदेखि विशेष तयारी गरिरहेको थियो ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

 

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  २ : ४१ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको