७ आश्विन २०८३, बुधबार | September 23, 2026

पार्टीभित्र घात अन्तर्घातको प्रवृति बाँकी छ : विष्णु पौडेल



बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र अझै पनि घात अन्तर्घातको प्रवृति बाँकी रहेको बताएका छन् ।

एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले गत चुनावको उदाहरण दिँदै भने, ‘चुनावमा अधिकांश स्थानमा जित्नै पर्ने ठाँउमा हारेको र जितेको ठाँउमा पनि बालबाल जितेको अवस्था छ । पार्टीभित्र अझै पनि घात अन्तर्घात बाँकी रहेको छ।’

उपाध्यक्ष पौडेलले एमालेलाई घेरा हाल्ने प्रयत्न सबैतिरबाट भएको बताए । तर उनले एमालेलाई चक्रव्युहमा कसैले पार्न नसक्ने दाबी गरे । उनले भने, ‘एमालेलाई घेरा हाल्न सकिएला, चक्रब्युहमा पार्न कसैले सक्ब्दैन । एमालेलाई प्रहार गर्न सकिएला समाप्त गर्न सकिँदैन भन्ने प्रमाण यो अधिवेशनले साबित गर्नु पर्छ ।’

पौडेलले दलाल र बाह्य शक्ति पार्टी छाडेर गयो भनिए पनि पार्टीमा अहिले पनि त्यस्ता तत्वहरू रहेको बताए । उनले पार्टीमा रहेका ती तत्वहरूको निर्मम समीक्षा गर्न जरूरी रहेको जिकिर गरे ।

पार्टीको नीति र विधिमा कुनै विवाद नरहेको बताउँदै उनले विवाद खडा गर्नेहरुको प्रयास पानीको फोका बन्ने बताए ।

पौडेलले पार्टी र गुट फरक बिषय भएको जिकिर गर्दै गुट र पार्टी कहिल्यै सँगै हिँड्न नसक्ने बताए । उनले भने, ‘गुट बनाउनेले पार्टी बनाउँदैन, पार्टी बनाउनेले गुट बनाउँदै हिँड्दैन ।’ पौडेलले आफुले ४५ वर्षदेखि पूर्णकालीन राजनीति गरेको स्मरण गर्दै गुटबन्दी गरेर कहिल्यै नहिँडेको दाबी गरे ।

उपाध्यक्ष पौडेलले एमालेमा केपी ओलीको बिकल्पको कुरामा सत्यता नभएको बताए । अहिले निर्बिकल्प नेता केपी ओली भएको बताउँदै उनले त्यसको विकल्प खोज्न आवश्यक नभएको बताए ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ३ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई