९ श्रावण २०८३, शनिबार | July 25, 2026

एमालेमा हैन माओवादीमा पहिरो जान जरुरी छ : शंकर पोखरेल



बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीमा पहिरो जान जरुरी रहेको बताएका छन् ।

एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादीमा अझै पहिरो जानुपर्ने बताएका हुन् ।

केही दिनअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेमा पहिरो जान लागेको भन्दै गरेको टिप्पणीप्रति प्रतिटिप्पणी गर्दै पोखरेलले यस्तो भनेका हुन् । उनले भने, ‘पहिरो एमालेमा होईन पहिरो माओवादीमा जान जरूरी छ । देश निर्माणका लागि माओवादीमा अझै पहिरो जान जरूरी छ ।’

महासचिव पोखरेलले लुम्बिनी प्रदेशमा विवाद भन्ने प्रचार गराएर पार्टीलाई कमजोर बनाउन खोजिएको आरोप लगाए । उनले आफु र विष्णु पौडेलका बीचमा विभाजनको हल्लालाई अधिवेशनले मिथ्या सावित गराउन प्रतिनिधिहरुलाई आग्रह गरे । अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकतावद्ध रहेको उनले दाबी गरे ।
पोखरेलले कसैको सहारा बिना २०८४ मा एमालेको एकल सरकार बनाउने गरी लाग्न कार्यकर्ताहरुलाई आग्ह गरे ।

 

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ३ : ५८ बजे

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा