५ पुस २०८२, शनिबार | December 20, 2025

खजुरामा जनतासँग माओवादी : पालिका अध्यक्ष तुफान बिदाको दिन जनश्रमदानमा खटिए



खजुरा । सत्तारुढ माओवादीले देशब्यापीरुपमा घरघरमा माअ‍ेवादी जनजनमा माओवादी अभियान चलाईरहँदा बाँकेको खजुरा गाँउपालिकामा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधि जनश्रमदानमा जुटेका छन् ।

बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क (तुफान) जनता संग माओवादी विशेष रूपान्तरण कार्यक्रम अन्तरगत शनिबार दिनभरी जनश्रमदानमा जुटेका हुन् ।

जनता संग माओवादी विशेष रूपान्तरण ३ महिने बिशेष अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र खजुरा गाँउपालिक किमिटीले उक्त श्रमदान कार्यक्रम संचालन गरेको हो । यस अवधिमा पालिकाका सबै वडाहरूमा श्रमदान अभियान संचालन गरिने माओवादी खजुराले जनाएको छ ।

पालिका को वडा न. ४ मा पर्ने ई गाउँ चोक देखि श्री किरण भवानी मन्दिर सम्मको बाटो मर्मत तथा श्रमदान कार्यक्रम गरीएको हो । नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटीले संचालन गरेको उक्त कार्यक्रममा पालिका अध्यक्ष राजकुमार बि.क उपाध्यक्ष टंक पोख्रेल वडा न.४ अध्यक्ष टेक बहादुर क्षेत्री, वार्इसिएल अध्यक्ष दिनेश बुढा मगर सहित माओवादीका कार्यकर्ता स्थानीयतहमा निर्वािचत जनप्रितिनिधि लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  १ : ५३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य