२४ आश्विन २०८३, शनिबार | October 10, 2026

राजकीय सम्मानसहित संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि



काठमाडौं । दिवङ्गत संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टिका गरिएको छ । उहाँका छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले तोपसहित सलामी अर्पण गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताहरु श्रद्धाञ्जलिका लागि आर्यघाट पुगेका थिए ।

नेम्वाङको निवास बालुवाटारमा मुन्धुम संस्कृतिअनुसारको कार्य गरेपछि नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै आज शवयात्रा सुरु गराएको हो । शीर्ष नेता, कार्यकर्ता, शेभेच्छुक र सर्वसाधारण सहभागी शवयात्रा बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  २ : ०३ बजे

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध