२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एमाले स्वास्थ्य तथा जनसंख्या विभागद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर



बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको हो ।

देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमले उद्घाटन गरे ।

अवसरमा बोल्दै मजदुर नेता समेत रहेको गौतमले जनताको पहिलो प्राथामिकतामा राज्यले स्वास्थ्य क्षेत्रलाई राख्नुपर्ने बताए । उनले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा फिजिसियन, हाडजोर्नी, महिला रोगको जाँच गरी औषधि पनि वितरण गरिएको थियो । शिविरबाट झण्डै ६०० विरामी सेवा लिएको स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य सुनील श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले आफूहरुको चाहना जनतालाई स्वास्थ्यप्रति सचेत गराउने उपचारको पहुँचमा ल्याउने रहेको बताए । सो अवसरमा निःशुल्क औषधि समेत विरतण गरिएको थियो ।
सो अवसरमा एमाले प्रदेश कमिटी सदस्य कमलेश यादव, उपसचिव हितराज पन्थी, सम्मरीमाई गाउँपालिकाका अध्इक्ष बिनोदकुमार श्रीवास्तव लगायतले बोलेका थिए ।

स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षता तथा सचिव केदार नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टीका नेता र जनताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : ४२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल