१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

सहमतिका आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेले आयोजना गरेको दसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले शान्ति प्रक्रिया पीडितलाई केन्द्रमा राखेर तथा सर्वोच्च अदालतको आदेशलाई मानेर टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

“शान्ति प्रक्रियाका सम्बन्धमा अन्तर्राष्ट्रिय मानवअधिकार काउन्सिलले भनेका कुरालाई पनि ध्यान दिनुपर्दछ”, उनले भने, “खासगरी पीडितलाई न्याय दिनुपर्दछ ।”

अध्यक्ष ओलीले चाडपर्वका समयमा राजनीतिकरुपमा कुनै पनि टीकाटिप्पणी गर्न नहुने बताए । “हामीबीच कहाँ कहाँ कमीकमजोरी रहेका छन् । ती कुरा निकाल्दा चाडपर्वको गरिमामा प्रतिकूल असर पर्छ ।” चाडपर्व परम्परा र सामाजिक सम्बन्धसँग जोडिएको उल्लेख गर्दै उनले विभिन्न सन्दर्भले चाडपर्वलाई पुष्टि गरेको बताए ।

चियापानमा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, विभिन्न पार्टीका शीर्ष नेता, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक परिषद्का पदाधिकारी, कर्मचारी, सर्वसाधारणलगायतको सहभागिता रहेको थियो । सहभागीलाई एमाले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

पार्टीका तत्कालीन अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ सालदेखि चियापानको आयोजना गरेका हुन् । त्यसपछि एमालेले नियमितरुपमा हरेक वर्ष दसैँ र तिहारकाबीचमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । गत वर्ष प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरिएको थिएन ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ०६ बजे

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति