१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

बुटवलमा ब्राउन सुगरको कारोबारे देखि स्वरुप फेरिएका बाइक प्रहरी नियन्त्रणमा



बुटवल । बुटवल प्रहरीले ब्राउन सुगरको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । बुटवल ११ देबीनगर स्थित श्रेष्ठपथबाट ३ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय सुनिल श्रेष्ठको घरबाट ब्राउनसुगर सहित पक्राउ पर्नेहरुमा बुटवल ११ का २८ वर्षीय सुनिल श्रेष्ठ, बुटवल ९ का २१ वर्षीय साहिल थापा र तिलोत्तमा ७ का २९ वर्षीय सागर लम्साल रहेका छन् ।

लागु औषध ब्राउन सुगर बिक्रि वितरण भई रहेको छ भन्ने सूचनाको आधारमा श्रेष्ठको घर पुगेको इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको संयुक्त टोलीले श्रेष्ठको घरबाट ३ जनालाई पक्राउ गरेको बुटवल प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

पक्राउपरेकाहरुबाट ७ ग्राम ९० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको उनले बताए । नियन्त्रणमा लिईएका ३ जनामाथि लागु औषध कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

स्वरुप परिवर्तन गरि चलाइएको मोटरसाईकल विरुद्ध बुटवल प्रहरी
मोटरसाइकलहरुको स्वरुप परिवर्तित गरी ठुलो आवाज आउने गरी चलाई वातावरण प्रदुषण गर्ने तथा सडकमा कोलाहल उत्पन्न गर्ने मोटर साईकलहरुलाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालय
बुटवलको समन्वयमा मोडिफाई गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही चलाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : १३ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको