७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा ब्राउन सुगरको कारोबारे देखि स्वरुप फेरिएका बाइक प्रहरी नियन्त्रणमा



बुटवल । बुटवल प्रहरीले ब्राउन सुगरको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । बुटवल ११ देबीनगर स्थित श्रेष्ठपथबाट ३ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय सुनिल श्रेष्ठको घरबाट ब्राउनसुगर सहित पक्राउ पर्नेहरुमा बुटवल ११ का २८ वर्षीय सुनिल श्रेष्ठ, बुटवल ९ का २१ वर्षीय साहिल थापा र तिलोत्तमा ७ का २९ वर्षीय सागर लम्साल रहेका छन् ।

लागु औषध ब्राउन सुगर बिक्रि वितरण भई रहेको छ भन्ने सूचनाको आधारमा श्रेष्ठको घर पुगेको इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको संयुक्त टोलीले श्रेष्ठको घरबाट ३ जनालाई पक्राउ गरेको बुटवल प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

पक्राउपरेकाहरुबाट ७ ग्राम ९० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको उनले बताए । नियन्त्रणमा लिईएका ३ जनामाथि लागु औषध कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

स्वरुप परिवर्तन गरि चलाइएको मोटरसाईकल विरुद्ध बुटवल प्रहरी
मोटरसाइकलहरुको स्वरुप परिवर्तित गरी ठुलो आवाज आउने गरी चलाई वातावरण प्रदुषण गर्ने तथा सडकमा कोलाहल उत्पन्न गर्ने मोटर साईकलहरुलाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालय
बुटवलको समन्वयमा मोडिफाई गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही चलाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : १३ बजे

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट