१० श्रावण २०८३, आइतबार | July 27, 2026

कांग्रेस नवलपरासीमा विवादः जिल्ला सम्मेलनमा सहभागी हुन शेखरको आग्रह अस्वीकार



परासी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नवलपरासीमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न आफू तयार भएको बताएका छन् ।

शुक्रबार परासीमा संस्थापन पक्षका नेताहरुसँगको छलफलमा उनले नवलपरासीको विवादका बारेमा पार्टीको पदाधिकारी तहमा गम्भीर छलफल भएको बताएका हुन ।

नवलपरासीमा एकलौटी रुपमा आयोजना गरिएको जिल्ला सम्मेलन संस्थापन पक्षसहित अधिकांश नेता कार्यकर्ताहरुले बहिष्कार गरेपछि नेता कोइरालाले उनीहरुसँग छलफल गरेका हुन् । पार्टी विधान अनुसार तल्लो तहबाट सम्मेलन गर्दै जिल्ला सम्मेलन गर्नुपर्ने भएपनि नवलपरासीमा जिल्ला सभापतिले एकपक्षीय रुपमा जिल्ला सम्मेलनको आह्वान गरेपछि अधिकांश नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

जिल्ला सम्मेलनको उद्घाटन गर्न गएका कोइरालाले परासीमा संस्थापन पक्षका नेताहरुसँग छलफल गरेका हुन् । उनले भने,  ‘नवलपरासीको विषयमा पदाधिकारी बैठकमा गहन छलफल भएको छ । यी कुराहरु म केन्द्रमा पनि राख्छु । कांग्रेस एउटै पार्टी हो । मासबेस पार्टी भएकाले यस्ता समस्याहरु आउँछन् । केन्द्रले केन्द्रीय सदस्यहरुलाई विवाद समाधानका लागि पठाउने प्रचलन थियो । यसपटक पनि यो विषयमा केन्द्रले कोही पदाधिकारी साथीलाई पठाउला । कोहि नआए म आफै आएर पनि समस्या सल्टाउँछु ।’

नेता कोइरालाले असन्तुष्ट नेता कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा सहभागी हुन र पार्टी एकढिक्का भएको सन्देश जिल्लामा दिन आग्रह गरे ।  ‘मेरो आग्रह छ कि तपाईहरु पनि हिड्नुस् । सम्मेलनमा सहभागी हुनुस् । पार्टी एक ढिक्का भएको सन्देश पनि जान्छ,’ उनले भने, ‘जिल्लामा पार्टी एक ढिक्का भएको महसुस तपाईहरुले गराउनुपर्यो । निर्वाचन ८४ मै हुन्छ । ८४ बाट ८५ मा सर्दैन । मध्यावधिको पनि चर्चा सुरु भएको छ। तर त्यो सम्भावना छैन । हल्ला मात्रै हो । ८४ मै निर्वाचन हुन्छ । त्यसको तयारी पनि जिल्ला सम्मेलनले नै गर्छ ।’

उनले सम्मेलनमा सहभागी भएर आफ्ना कुरा राख्न नेताहरुलाई आग्रह गरे । तर नेताहरुले एकपक्षीय र विधानविपरीत आयोजना गरिएको सम्मेलनमा सहभागी हुन नसकिने प्रष्ट पार्दै सम्मलेन बहिष्कार गरे । छलफलमा केन्द्रीय सदस्य एवं नपलपरासीका पूर्व जिल्ला सभापति देवेन्द्रराज कँडेल, संविधान सभा सदस्य एवं प्रदेशसभा सदस्य देवकरण कलवार, प्रदेश सभा सदस्य एवं महाधिवेशन प्रतिनिधि बैजनाथ कलवार, प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुकुल आचार्य, प्रतिनिधिसभा क्षेत्र न. २ क्षेत्रीय सभापति माधवप्रसाद पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा खका सभापति रामचन्द्र साहनी, तरुण दल जिल्ला सभापति, महिला संघ, मुस्लिम संघलगायत विभिन्न पालिका सभापतिहरु सहभागी थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ५ : १९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले