१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

नेपाल सुपर लिग : पोखरा थण्डर्स र काठमाडौं रेजर्स भिडदैं



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ । जारी लिगमा दुवै टोलीले आज पाँचौँ खेल खेल्दै छन् । आज पोखरा जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लने प्रयासमा रहने छ भने काठमाडौं पनि तालिकामा सुधार ल्याउने लक्ष्यमा छ ।

यो सिजनमा पोखरा अपराजित टिम हो । पोखराले अहिलेसम्म खेलेका चारमध्ये दुईमा जित र दुईमा बराबरी गरी ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

यसैगरी काठमाडौंले चार खेलमध्ये एकमा जित, दुईमा बराबरी र एकमा हार बेहोर्दै ५ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ । मंसिर ८ गतेदेखि जारी प्रतियोगितामा नौ टिम सहभागि छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : २८ बजे

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल