१० श्रावण २०८३, आइतबार | July 27, 2026

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपाले युवा कविता प्रतियोगिता गर्ने



काठमाडौ। राप्रपाले ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पुस २७ गते सम्ममा ४० वर्ष ननाघेका युवा सहभागी हुन पाउने र सहभागीले पुसको १५ गते भित्र ५०० शब्दमा सीमित कविता धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुने कविलाई रू एक लाख, द्वितीय हुनेलाई रू ५० हजार, तृतीय हुनेलाई रू २५ हजार तथा अन्य तीनजनालाई रू १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिनेछ। पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १ : २९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले