३० श्रावण २०८३, शनिबार | August 15, 2026

धुम्बाराहीमा राप्रपाको केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आजबाट सुरु भएको छ । बैठक यही पुस ३ गतेसम्म जारी रहने छ ।

काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा अहिले बिहान केहीबेर अघिदेखि बैठक सुरु भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गरेकाछन् ।

त्यसपछि कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको छ । यसैगरी तीन दिने बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने, पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्तावमाथि पनि छलफलका लागि पेश हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १२ : ३० बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो