३० भदौ २०८३, मंगलबार | September 15, 2026

कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार हिजो सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न तथा भोलि (पौष १६) को राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

पुस १२ गतेदेखि बसेको बैठकले राष्ट्रियसभामा उम्मेदवार छनोटमा मापदण्ड तय गरेको थियो । जसमा अवसरबाट वञ्चित र प्रतिष्ठितलाई समेट्ने तथा समावेशी प्रतिनिधित्व गराउने निर्णय भएको छ ।

बैठकले सरकारलाई काममा सुधार आवश्यक रहेको निष्कर्षसहित सुशासन र जनअपेक्षाअनुसार काम गर्न सुझाव समेत दिएको छ । यस्तै, भ्रातृ संस्थाहरूको ६ महिना म्याद थप गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गराउने निर्देशन थिएको छ ।

महासमिति बैठक फागुन ७ देखि १० सम्म ललितपुरमा गर्ने निर्णय अनुमोदन, समुदायमा कांग्रेस अभियानलाई माघ ७ देखि २२ सम्म सञ्चालन गर्ने निर्णय समेत कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ०९ बजे

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध