२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कुनै किसिमको दवाव र प्रभावमा नपर्न प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन



पाल्पा । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्ने विरूद्ध खरो रूपमा प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको नवनिर्मित ब्यारेकको आज उदघाटन गर्दै महानिरीक्षक कुँवरले कार्यसम्पादन गर्दा कुनै किसिमको दवाव र प्रभावमा नपरी शून्य सहनशिलताका साथ कार्य सम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । उनले नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि आग्रह गरे । संगठनलाई आवास तथा भौतिक बूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि बैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई सुदृढ र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको उनले जनाए ।

महानिरीक्षक कुँवरले आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको विषेश कार्यक्रममा जिल्ला प्रहरी परिसरमा नवनिर्मित ब्यारेक, कार्यालय प्रमुख सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरूको छुट्टाछुट्टै उ‌द्घाटन गरेका थिए । सो अवसरमा कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न ब्यक्तिलाई प्रशंसा(पत्र प्रदान गरेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले धन्यवाद व्यक्त गरेको उक्त कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आन्नद काफ्ले, नेपाली काँग्रेसका जिल्ला उप सभापती झपेन्द्र गैरे र रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ५२ बजे

उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी दिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले प्रतिनिधिसभाको उपसभामुख

उपसभामुखमा रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी