३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

९ औं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माघ २६ गतेदेखि सुरु



बुटवल । यस क्षेत्रकै प्रतिष्ठित क्लब मणिमुकुन्द भलिबल क्लबको आयोजनामा हुँदै आई रहेको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ९ औं सस्करण माघ २६ गतेदेखि सञ्चालन हुने भएको छ । ७ प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागी हुने ९ औं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता-२०८० को तयारी अन्तिम चरणमा पुगेको मणिमुकुन्द क्लबका अध्यक्ष लोक भण्डारीले जानकारी दिए ।

वि.स. २०६४ सालपछि यस क्षेत्रमै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै भण्डारीले सोही अनुसार भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी भैरहेको बताए । राष्ट्रिय भलिबलको नियमानुसार सञ्चालन गरिने प्रतियोगिता बारे जाकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले यो सिजनमा पुरस्कार राशीसमेत वृद्धि गरिएको जानकारी दिए ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा प्रथम पुरस्कार २ लाख १ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । यसैगरी तृतीय हुनेले १ लाख १ रुपैयाँ र सान्त्वना हुने समुहले ५० हजार १ रुपैयाँ नगद राशी प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।

यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद राशीले सम्मान गरिने तथा विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद राशीले सम्मान गरिने छ भने उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद राशीले सम्मान गरिने आयोजकले जनाएको छ ।

क्लबको खेलमैदान तिलोत्तमा-२ जोगिकुटीमा फागुन २ गतेसम्म एक साता सञ्चालन हुने प्रतियोगिताका सबै खेल म्याटमा हुने गुरुङले बताए । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताले भलिबल खेलाडी उत्पादन र भलिबल खेल विकास गर्नका निमिक्त सफल हुने विश्वास गरिएको क्लबका संस्थापक अध्यक्ष मिलन रानाले बताए ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए । यसैगरी खेलाडीहरुका लागि १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बीमाको समेत व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ३४ लाख बढी खर्च अनुमान गरिएको बताउँदै वरिष्ठ उपाध्यक्ष चन्दले तिलोत्तमा नगरपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद तथा विभिन्न निजी संस्थाहरुसँग सहकार्य गरिएको जानकारी गराए ।

प्रतियोगितामा एकसाथ २ हजार ५ सयले दर्शकले अवलोकन गर्न मिल्नेगरी प्याराफिट निर्माण गरिनुका साथै आवश्यकता अनुसार यसको क्षमता थप गरिने चन्दले बताए । १४ वर्षपछि यस क्षेत्रमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेका कारण दर्शकको चाप विगतभन्दा बढी हुने अपेक्षा गरिएको उनले बताए ।

प्रतियोगिताको मुख्य प्रवर्द्धक खेलकुद परिषद लुम्बिनीका अध्यक्ष जयप्रकाश भट्टराईले आर्थिक सहयोगसँगै अभिभाकीय भूमिका निर्वाह गर्न तयार रहेको प्रतिवद्धता गरे । अध्यक्ष भट्टराईले प्रतियोगितामा सहभागी खेलाडीहरुको व्यवस्थापन तथा खेललाई अनेशासित ढङ्गबाट सञ्चालन गर्न आग्रह गरे । यसैगरि राष्ट्रिय भलिबल संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष योग गुरुङले प्रतियोगिता सफल बनाउन सबैको तर्फबाट एक भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रम क्लबका सहसचिव सुदिप केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ५३ बजे

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह

राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा महाशिवरात्री बढाइँ अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३ औँ सेना

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक

काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा