२१ मंसिर २०८२, आइतबार | December 7, 2025

चुनाव जित्न विकाससँग संगठनलाई जोड्नु पर्छ : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र संगठन निर्माणको कामलाई एकैसाथ जोडेर लैजानु पर्ने बताएका छन् ।

नेकपा एमाले दाङले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रम समापन गर्दै महासचिव पोखरेलले पार्टीले गरेका विकासको कामको उचित प्रचार गर्न पनि सक्नु पर्ने बताए। ‘विकासले मात्रै चुनाव जितिँदैन, विकाससँग संगठनलाई जोड्यो भने मात्र चुनाव जितिन्छ, विकास र संगठन सँगसँगै लिएर गयो भने मात्र चुनाव सहजै जितिन्छ’, उनले भने।

उत्पादनसँग जोडिएका मानिसहरूसँग राजनीतिक रूपमा जोडिनु पर्ने उनले बताए। त्यसो भयो भने मात्र संगठन मजबुत हुने पोखरेलले प्रष्ट पारे।

एमाले सरकारमा हुँदा जनताको जीवनमा परिवर्तन ल्याउने अनेक काम गरेको पोखरेलले बताए। तर एमाले सरकारको पालामा भएका कामको पार्टीको तर्फबाट अझै उचित प्रचार हुन नसकेको पोखरेलको टिप्पणी छ। सो काममा पार्टीका नेता कार्यकर्तालाई लाग्न उनले निर्देशन दि‌ए।

कम्तीमा एमालेको शासनकालमा भएका कामको स्वामित्व पार्टीले लिनु पर्नेमा उनले जोड दिए। ‘जति हामीले काम गरेका छौँ, त्यो विषयको जानकारी तपाईँ हामीसँगै रहेन छ’, उनले भने।

आफूले गरेको कामको पनि चर्चा नगर्दा काम एउटाले गर्ने चुनाव अर्काले जित्ने अवस्था आउने पोखरेलले बताए। गएको निर्वाचनमा नेकपा एमालेको सन्दर्भमा त्यही भएको उनले प्रष्ट पारे।

नेकपा एमाले सरकारबाट हटेपछि विकासका धेरै काम रोकिएको उनले बताए। ठेक्का प्रक्रियामा गएका विकास योजना समेत गठबन्धन सरकाले रोकेको उनको भनाइ छ।

पोखरेलले आधारभूत तहका नागरिक जहाँ छन् विकासको केन्द्र पनि त्यही बनाउनु पर्नेमा उनले जोड दिए। त्यहीँबाट त्यसले समाज निर्माणको लागि भूमिका खेल्ने उनले प्रष्ट पारे।

महासचिव पोखरेलले तालिमका सहभागीलाई प्रमाणपत्र पनि वितरण गरेका थिए।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ३८ बजे

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन