११ श्रावण २०८३, सोमबार | July 27, 2026

चुनाव जित्न विकाससँग संगठनलाई जोड्नु पर्छ : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र संगठन निर्माणको कामलाई एकैसाथ जोडेर लैजानु पर्ने बताएका छन् ।

नेकपा एमाले दाङले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रम समापन गर्दै महासचिव पोखरेलले पार्टीले गरेका विकासको कामको उचित प्रचार गर्न पनि सक्नु पर्ने बताए। ‘विकासले मात्रै चुनाव जितिँदैन, विकाससँग संगठनलाई जोड्यो भने मात्र चुनाव जितिन्छ, विकास र संगठन सँगसँगै लिएर गयो भने मात्र चुनाव सहजै जितिन्छ’, उनले भने।

उत्पादनसँग जोडिएका मानिसहरूसँग राजनीतिक रूपमा जोडिनु पर्ने उनले बताए। त्यसो भयो भने मात्र संगठन मजबुत हुने पोखरेलले प्रष्ट पारे।

एमाले सरकारमा हुँदा जनताको जीवनमा परिवर्तन ल्याउने अनेक काम गरेको पोखरेलले बताए। तर एमाले सरकारको पालामा भएका कामको पार्टीको तर्फबाट अझै उचित प्रचार हुन नसकेको पोखरेलको टिप्पणी छ। सो काममा पार्टीका नेता कार्यकर्तालाई लाग्न उनले निर्देशन दि‌ए।

कम्तीमा एमालेको शासनकालमा भएका कामको स्वामित्व पार्टीले लिनु पर्नेमा उनले जोड दिए। ‘जति हामीले काम गरेका छौँ, त्यो विषयको जानकारी तपाईँ हामीसँगै रहेन छ’, उनले भने।

आफूले गरेको कामको पनि चर्चा नगर्दा काम एउटाले गर्ने चुनाव अर्काले जित्ने अवस्था आउने पोखरेलले बताए। गएको निर्वाचनमा नेकपा एमालेको सन्दर्भमा त्यही भएको उनले प्रष्ट पारे।

नेकपा एमाले सरकारबाट हटेपछि विकासका धेरै काम रोकिएको उनले बताए। ठेक्का प्रक्रियामा गएका विकास योजना समेत गठबन्धन सरकाले रोकेको उनको भनाइ छ।

पोखरेलले आधारभूत तहका नागरिक जहाँ छन् विकासको केन्द्र पनि त्यही बनाउनु पर्नेमा उनले जोड दिए। त्यहीँबाट त्यसले समाज निर्माणको लागि भूमिका खेल्ने उनले प्रष्ट पारे।

महासचिव पोखरेलले तालिमका सहभागीलाई प्रमाणपत्र पनि वितरण गरेका थिए।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ३८ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत