४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

रुपन्देही व्यापार संघमा तात्यो चुनावी माहोल, २९ पदका लागि ४२ जना उम्मेदवारी



बुटवल । रुपन्देही व्यापार संघको आगामी नेतृत्वको मंगलवार उम्मेदवारी दर्ता भएको छ । संघको १२ औं अधिवेशन आगामी माघ ५ गते निर्वाचन हुदैछ । नया नेतृत्व चयनका लागी निर्वाचन कार्यक्रम अन्तरगत मंगलवार दुई पदमा बाहेक सबै पदमा दोहोरो उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार ९ पदाधिकारीसहित २० सदस्यमा कुल ४२ जनाको उम्मेदवारी परेको छ ।

संघको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र द्वितिय उपाध्यक्ष दिपक अधिकारीको उम्मेदवारी परेको छ । यसैगरि वरिष्ठ उपाध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष प्रकाश ढकालको एकल उम्मेदवारी दर्ता भएको छ । प्रथम उपाध्यक्षमा वर्तमान महासचिव दयानिधि भण्डारी र कोषाध्यक्ष ऋषिराम पाण्डेले उम्मेदवार दिएका छन । द्वितिय उपाध्यक्षमा पे्रमनाथ पाण्डे र नामदेव पाण्डेको उम्मेदवारी परेको छ ।

महासचिवमा वर्तमान सचिव फर्सुराम पन्त एकल उम्मेवदार हुनु भएको छ भने कोषाध्यक्षमा वर्तमान सहकोषाध्यक्ष मणी खनाल र झविन्द्र अधिकारी उम्मेदवार बनेका छन । उता सचिवमा मनहरी बस्याल र मनिमदिन मिया सहसचिवमा प्रकाश पौडेल र मेघनाथ पौडेल तथा सहकोषाध्यक्षमा अर्जुन भट्टराई र विनित भट्टराई उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक अधिवक्ता लेखनाथ ढकालले बताए ।

कार्य समितिको २० सदस्य पदमा ३६ जनाको उम्मेदवारी परेकोछ । निर्वाचन समितिका अनुसार सदस्यमा अशोक ज्ञवाली, इश्वरा देवकोटा, केदारनाथ नेपाल, गकुल ज्ञवाली, गोकर्णराज गिरी, गोविन्दप्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल (जिवन), टेकराज पन्थी, ठाकुरप्रसाद आचार्य, तेजेन्द्र सापकोटा, दिपककुमार श्रेष्ठ, न्यामत दिन मिया, नलराज नेपाल, नामदेव न्यौपाने, नारायण बस्याल, पिताम्बर अर्याल, बाबुराम खनाल, बाबुलाल पाण्डे, बालकृष्ण बस्याल, बिष्णुप्रसाद पाण्डेय, बृन्दा भट्टराई आचार्य, माधवप्रसाद ज्ञवाली, मुरारीराज भण्डारी, मोहनलाल पाण्डे, राजु श्रेष्ठ, रितेश ज्ञवाली, शंकर पोखरेल, शोभाकुमारी क्षेत्री जोशी, हरिबहादुर गहतराजको उम्मेदवारी परेको छ ।

त्यसैगरि फर्साटिकर शाखाबाट तिलक आचार्य, सम्वद्ध संस्थाबाट हरिबहादुर सुनार, सालझण्डी शाखाबाट कुलबहादुर वि.सी. र सेमलार शाखाबाट पूर्णप्रसाद काफ्लेको एकल उम्मेदवारी दर्ता भएको छ । यस पटक सदस्यमा धेरै नया अनुहारहरुले उम्मेदवारी दिएका छन् ।

संघको २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन माघ ५ गते हुन गैरहेको छ । संघको अधिवेशनले आगामी २ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । संघको निर्वाचन सम्पन्न गर्न संघका कानुनी सल्लाहकार लेखनाथ ढकाल प्रमुख निर्वाचन अधिकृत, प्रेस सल्लाहकार सुमन अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार बुधवार ३ र ४ गते उम्मेदवारीमाथि दावी विरोध तथा मनोनय फिर्ताको समय तोकिएको एवं उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।

निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष, सहसचिव र सदस्य २० जना निर्वाचित हुने छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : ४६ बजे

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा

एमालेले १० महिनापछि फिर्ता गर्‍यो विद्या भण्डारीको सदस्यता

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा