२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार असंलग्न आन्दोलन नामको १९ औँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्रीले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको हो । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगाण्डाको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा सम्बोधन गरेपछि उनी त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गरेका प्रधानमन्त्री आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : ४० बजे

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ