४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु



तनहुँ । तनहुँको देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।

दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा देवघाट-३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले बताए ।

ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : ५१ बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी २०८२

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट

मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको