४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

कालिगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका १, स्थित कालिगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

कालिगण्डकी करिडोर सडकखण्ड अन्तर्गत रम्भा १ भोवरमा ग १४ प ३७५ नम्बरको मोटरसाईकल दुर्घटनामा परी २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आइतबार राति करिब ११ बजेको समयमा बुटवलबाट रम्भा १ असेर्दी घरतर्फ जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो । जिटीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाग्रस्त मोटरसाइकल सडकदेखी झण्डै २ सय मिटर तल कालिगण्डकी किनारामा खसेको थियो । मृतकको शव पोष्टमार्टमका लागि रामपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ३२ बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक फागुन ८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी २०८२

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट

मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको