३० बैशाख २०८१, आइतबार | May 12, 2024

नेपालगन्ज १ का वडाबासी मजदुरको वडा कार्यालयले गरिदियो बीमा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालयले वडा भित्र रहेका विपन्न मजदुरको बीमा गरिदिने भएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको लागि एक लाखसम्मको म्यादी लघुजीवन बीमा गरिदिने भएको हो ।

बीमाका लागि वडा कार्यालयले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको छ । वडाध्यक्ष प्रमोद रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक विमल खड्काका बीच मंगलबार बीमा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । वडासचिव भुविन्द्रप्रसाद कँडेल, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालगन्जका प्रवन्धक लक्ष्मी विष्टको उपस्थितिमा रिजाल र खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार, १८ वर्षदेखि ५५ वर्षका स्थानीय मजदुरहरुको बीमा गरिने भएको छ । १८ वर्ष उमेरको हकमा २ सय ७९ रुपैया र ५५ वर्षको उमेरको एक हजार एक सय ३५ रुपैया तिरेर बीमा गरिने वडा अध्यक्ष रिजालले बताए । विपन्न वर्गका कामदारको वडा कार्यालयले रकम तिरेर बीमा गरिदिने वडाध्यक्ष रिजालले जानकारी दिए ।

एक लाखको जीवन बीमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा उसका परिवारले दुई लाख रुपैया र क्रियाखर्च २५ हजार पाउने इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक खड्काले बताए । यो बीमा एक वर्षको लागि हुने र हरेक वर्ष नविकरण गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ५७ बजे

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक