१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

एसिडपीडितको पीडा सबैको पीडा : अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिडपीडितको पीडा सबैको साझा पीडा भएको बताएका छन् ।

यहाँ आज एसिड आक्रमणबाट पीडित किशोरीको पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’ को शुभमुहूर्त कार्यक्रममा अध्यक्ष ओलीले नेपाललाई एसिड आक्रमणरहित देश बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई कडा सजाय दिनुपर्ने बताए । उनले जो कोहीले पनि सजिलै एसिड किन्न सक्ने रहेको र त्यसलाई रोक्नुपर्ने बताए ।

“एसिडको उपलब्धता नै हुनुहुँदैन, कसले एसिड किनेको हो, के प्रयोजनका लागि किनेको हो, कति मात्रामा किनेको हो, किनेको मात्रा प्रयोग भयो कि भएन, बाँकी रह्यो भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध व्यवस्थित र कडाइ गरेरमात्र बिक्री वितरण गर्नुपर्छ,” उनले भने, “एसिड आवश्यक परेकालाई उपलब्ध गराउने खालको परिपाटी विकास गर्नुपर्छ, जोसुकैले जहाँसुकै एसिड प्राप्त गर्न नसक्ने व्यवस्था गर्नुपर्छ ।”

अध्यक्ष ओलीले एसिडपीडितका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर नै छलफल गर्ने बताए ।

पीडित मुस्कान खातुनले चलचित्रबाट प्रेरणा मिलेको भन्दै यस्तो जघन्य अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने बताइन् । तेजाव आक्रमण घटनाका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको भन्दै उनले कठोर कानुन ल्याउन आवश्यक रहेको बताइन् ।

चलचित्रका निर्माता अभिनेता रमित ढुङ्गानाले एसिडपीडितका वास्तविक पीडालाई चलचित्रमा देखाइने बताए । कार्यक्रममा सांसद ज्ञानबहादुर शाही र सुनिता बरालले संसद्मा एसिडपीडितको पक्षमा कुरा उठाउने बताए । नायक धिरेन शाक्यले सत्य घटनामा आधारित चलचित्र बन्न लागेकामा खुसी व्यक्त गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : १३ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का