१ भदौ २०८३, सोमबार | August 17, 2026

टुर दी ठाकुरद्वारा अब ‘बिवाइडी टुर दी ठाकुरद्वारा’, तयारी अन्तिम चरणमा



नेपालगन्ज । साइकल राईडको एउटा ब्राण्ड बनेको टुर दी ठाकुरद्वारा अव बिवाइडी टुर दि ठाकुरद्वाराको नामबाट संचालन हुने भएको छ । नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गतको टुर दि ठाकुरद्वारालाई बिश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने सम्झौता भएसँगै अव ‘बिवाइडी टुर दि ठाकुरद्वारा’को नामबाट संचालन हुने भएको हो ।

नेपालगन्ज साइक्लिङ क्लवको आयोजनामा यही माघ २५,२५ र २७ मा गर्न लागेको नेपालगन्ज साइकल उत्सव अन्तर्गत बिवाइडी टुर दि ठाकुरद्वाराको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष प्रदीप सापकोटाका अनुसार नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गतको टुर दि ठाकुरद्वारालाई बिश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने भएको छ । नेपालगन्ज सायकल क्लव र बिवाइडीबीच टाइटल स्मोन्सरको सम्झौता भएको अध्यक्ष सापकोटाले बताए ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै बिवाइडीका नेपालगन्ज बिक्रेता टिम इलिभेन इभि प्रालि लिमिटेडका संचालक बसन्त भण्डारीले नेपालकै नियमित आयोजना हुँदै आएको साइकलको सबैभन्दा ठुलो इभेन्ट सङ्ग सहकार्य गर्न लागेको जनाउदै खुशी व्यक्त गरे ।

क्लबले कार्यक्रममा देशभर र भारतीय सहरबाट समेत गरि ३०० जना साइकल यात्रीहरु इभेन्टमा सहभागी हुने जनाइएको छ।कार्यक्रम नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भै बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्मको १०० किलोमीटर साइकल यात्रा पुरा गरिने क्लबका बरिष्ठ उपाध्यक्ष सुरेन्द्रदिप कार्कीले बताए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ४ : ४१ बजे

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट