३ भदौ २०८३, बुधबार | August 19, 2026

मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता : सेन्ट जेभियर्स क्वाटरफाइनलमा प्रवेश



नेपालगन्ज । राम जानकी मावि कोहलपुर, नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र आदर्श माविको पुरुष टिम नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबलस्पोर्टस एकेडेमीमा भएको खेलमा राम जानकी माविले सुर्योदय मावि चिसापानीलाई १–० ले हरायो । खेलमा राम जानकीका गणेश आलेले ५१औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका आले म्यान अफ द म्याच घोषित भए । उनलाई एचीआरसी हस्पिटलका प्रमुख डा. कुमार सान शाह र नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष मख्खन धामीले पुरस्कृत गरे ।

यसैगरी शुक्रबार भएको दोस्रो खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले आदर्श मावि खजुरालाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको जितमा बिपिन खड्काले दुबै गोल गरेका थिए । खेलमा उत्कृष्ट बचाउ गरेका सेन्ट जेभियर्सका गोलकिपर सुजन सार्कीले म्यान अफ द म्याचको पुरस्कार पाए । उनलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ८ अध्यक्ष विवेक वाजपेयी र नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरिन् ।

शनिबार भएको तेस्रो खेलमा आदर्श मावि नेपालगन्ज कोहलपुरको बालविद्या मन्दिरलाई ३–१ ले पराजित गरेको छ । आदर्शको जितमा मनिष खड्काले १४औं मिनेट, जेनिस बोहराले ४६औं मिनेट र सन्तोेष बुढा मगरले ५३औं मिनेटमा गोल गरेका थिए । बाल विद्याका लागि प्रतिक सुनारले १६औं मिनेटमा गोल गरे । खेलमा म्यान अफ द म्याचको पुरस्कार आदर्शका सन्तोष बुढा मगरले प्राप्त गरे । म्यान अफ द म्याच घोषित सन्तोषलाई लुम्बिनी प्रदेश सभा सदस्य एवम् संविधान सभा सदस्य बादशाह कुर्मीले पुरस्कृत गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र र ५ छात्रा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ०० बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार