१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रगतिबादी साहित्यकार गणेश जिसीको ‘मृत्युफूल’ आजबाट बजारमा



नेपालगन्ज । अग्रज पत्रकार तथा प्रगतिबादी साहित्यकार गणेशबहादुर जिसीको सातौ साहित्यिक कृतिका रुपमा कथा सङ्ग्रह मृत्युुफूल शनिबारदेखि बजारमा आएको छ । जिसीको कथा संग्रह मृत्युुफूलको शनिबार उक समारोहकाबीच नेपालगन्जमा बिमोचन गरिएको छ ।

भेरी साहित्य समाज केन्द्रीय समिती नेपालगन्ज बाँकेको भाषा तथा समालोचना बिभागको आयोजनामा जिसीद्वारा लिखित कथा सङ्ग्रह मृत्युुफूल बिमोचन गरिएको हो ।

साहित्यकार सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिना, प्राज्ञसभा सदस्य महानन्द ढकाल, अवधि साहित्यकार बिष्णुलाल कुम्हाल, बरिष्ठ लेखक नरेन्द्रजंग पिटरले संयुक्तरुपमा कथा संग्रहको बिमोचन गर्दै पुस्तकको बारेमा चर्चा समेत गरे ।

पुस्तकमाथी समिक्षा गर्दै समालोचक गिता अर्याल र चरित्रा शाहले कथा सङ्ग्रहमा सामाजिक यथार्थता झल्किएको बताए । कथाले समाज परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको चित्रण गर्दै उनीहरुले सामाजिक बिकृति र बिसङ्गतीहरुका बिरुद्ध पुस्तक सशक्त भएर उभिएको चर्चा गरे । प्रेमालापका प्रसंगहरु आलाङ्कारिकरुपमा जोडिएपनि राष्ट्रलाई समाजवादी विचारमा उभ्याउन पुस्तकले प्रतिकात्मक पक्षपोषण गरेको समिक्षकहरुले टिप्पणी गरे । समाजमा बिद्देमान कुरिती, साम्य हुन नसकेको द्वन्द्व, असमानता र महिला माथिको शोषण देखि घरघरमा रहेका पारिवारिक कलह र त्यसका कारणहरुलाई पुस्तकले सचित्र पस्कन सफल रहेको समिक्षकहरुको भनाई थियो ।

२४ वटा कथा समेटिएको कथा सङ्ग्रहमा हरेक कथाहरुले समाजको एउटा द्वन्द्वको वर्णन गरेको छ । कोर मधेशमा रहेको सामाजिक बिसङ्गती देखि पहाडमा रहेको सामन्तबादका अवशेषहरुलाई कथाको माध्यमबाट उजागर गर्न कथाकार जिसी सफल भएको कार्यक्रममा सहभागी टिप्पणीकारहरुकामे भनाई थियो ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ११ : ०४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा