४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोहलपुर-नेपालगन्ज सडकमा ६ महिनामा ४६ दुर्घटनाबाट १६ जनाको ज्यान गयो

लगातार दुर्घटना हुन थालेपछी सवारी दुर्घटना कम गर्न २५ वटा जेब्राक्रस बनाइँदै



नेपालगन्ज । नेपालगन्जको कोहलपुर-नेपालगन्ज सडक खण्डमा मात्र चालु आर्थिक वर्षको ६ महिनामा १६ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । साउन देखि पुस महिनासम्मको तथ्याङ्क अनुसार ४६ वटा दुर्घटनाबाट १४ पुरुष र २ जना महिलाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको तथ्याङ्क अनुसार सो अवधिमा ट्रक र टेक्टर ७ वटा ठोक्कीएका छन् भने २ वटा माइक्रो बस, ५ वटा जिप/कार, १ वटा टेक्टर, २ वटा टेम्पो, २६ वटा मोटरसाईकल, २ वटा सायकल र १ अन्य दुर्घटना भएका छन् । दुर्घटनाबाट १४ पुरुष ४ महिला गम्भीर घाइते तथा १४ पुरुष १ महिला सामान्य घाइते भएका छन् ।

नेपालगन्ज–कोहलपुर सडकखण्ड खण्डमा अत्याधिक सवारी दुर्घटना हुन थालेपछि भने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक खण्डका विभिन्न ठाउँमा २५ वटा जेब्राक्रस बनाउन थालिएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जको सहकार्यमा नेपालगन्ज कोहलपुर खण्डका विभिन्न २५ स्थानमा जेब्राक्रस र सेन्टर लाइनको निर्माण कार्य सुरु गरिएको हो ।

सडक डिभिजन कार्यालय नेपालगन्जसँगको सहकार्यमा नेपालगन्ज-कोहलपुरसम्मको विभिन्न २५ स्थानमा जेब्राक्रस र सेन्टर लाइनको निर्माण कार्य सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जको १२ लाख रुपियाँको लागतमा जेब्राक्रस बनाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताए ।

उनले सवारी चालक र पैदल यात्रुले जथाभाबी सडक पार गर्दा दुर्घटनाको जोखिम बढ्ने गरेकाले जेब्राक्रसले दुर्घटना न्यूनीकरण गर्न निकै मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।

दुर्घटना न्यूनीकरण र सवारी नियमनलाई प्रभावकारी बनाउन नेपालगन्ज, कोहलपुर सडकखण्डमा जेब्राक्रस निर्माण थालिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नीरज शाक्यले बताए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १२ : ०३ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा