५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

मेयर कप फुटबल : छात्रतर्फ मोडेल र कृष्ण सेमिफाइनलमा, छात्रामा मोडेल फाइनलमा प्रवेश



नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामानेपालगञ्जको धम्बोझी स्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमाभइरहेको मेयर कपअन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रातर्फ मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

छात्रतर्फ कृष्ण माविले बालविद्या र नेपालगन्ज मोडेल एकेडेमीले रामजानकी माविलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

आदर्श स्कूलले नियमविपरित खेलाडी खेलाएको भन्दै प्रोटेष्ट परेपछि अघि बढेको बालविद्यालाई कृष्ण माविले ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको छ । निर्धारित समयमा एक÷एक गोल भएको थियो । कृष्ण माविले शंकर चन्दको गोलले ७ मिनेटमै अग्रता लिएको थियो । बाल विद्याका सन्देश न्यौपानेले ४८ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि कुनै पनि टीमबाट गोल हुन सकेन र खेलको निर्णय ट्राइबेकरबाट गरियो । जसमा कृष्ण माविका शंकर चन्द, सन्दीप परियार र मोहित थापाले गोल गरे । कृष्ण श्रेष्ठ, विशाल बाह्रघरे र निर्मल परियारले गोल गर्न सकेनन् ।

बालविद्याका शिशिर थापा र कुशल घर्तिमगरले गोल गरे भने प्रतिक सुनार, निर्मल परियार र राज थापा मगर र कृष्ण पुरीले गोल गर्न सकेनन् । कृष्ण माविका नविन विक म्यान अफ द म्याच भए । उनलाई संघीय सांसद डा. धवलशमशेर राणाले पुरस्कृत गरे ।

अर्को खेलमा मोडेलले राम जानकीलाई ट्राइबेकरमा ३–२ गोलले पराजित गरेको छ । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । मोडेलका योगेश शाही ठकुरी, निकेश सिंह र रुपेश बोहराले गोल गरे । विनोद शाही, निश्चल पुन मगर र रोशन चौधरीले गोल गर्न सकेनन् । रामजानकीका रिजन कठायत र गणेश आलेले मात्रै गोल गरे । अनिल रानामगर, अमितथापा, सागर दर्लामी र महेश विकले गोल गर्न सकेनन् । नेपालगञ्ज मोडेलका निश्चल पुनमगर म्यान अफ म्याच भए । उनलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराका अध्यक्ष टेकेन्द्र मल्लले पुरस्कृत गरे ।

अब सेमिफाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स विरुद्ध जय बागेश्वरी स्कूल र नेपालगञ्ज मोडेल विरुद्ध कृष्ण माविको खेल हुनेछ ।

छात्रातर्फ नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ । मोडेलले मंगल प्रसाद माविलाई ट्राइबेकरमा ३–१ गोलले पराजित गरेको हो । निर्धारित समयमा २५ मिनेटमै निरुता शाहीको गोलबाट मंगलले अग्रता लिएको थियो । मोडेलका चमेली चौधरीले ३३ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा ल्याएकी थिइन् ।

ट्राइबेकरमा मोडेलका भविसरा बुढाक्षेत्री, शोभा शाही र आरुसी भट्टराईले गोल गरे । मंगलका उर्वसी शाहीले मात्रै गोल गरिन् । निरुता शाही, झुमाथारु र विनिता बुढाले गोलगर्न सकेनन् । नेपालगञ्ज मोडेलका आरुसी भट्टराई ओमन अफ द म्याच भइन् । उनलाई एन्फाका पूर्वउपाध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले पुरस्कृत गरे ।

अर्को खेलमा जनसेवा मावि गिजरा डायनामिक हाइस्कुललाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जनसेवाका पुष्पा कामीले र शुभेच्छा बोहराले गोल गरेका थिए । पुष्पा कामी ओमन अफ द म्याच भइन् । उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज श्रेष्ठले पुरस्कृत गरे ।

प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : १९ बजे

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

लुम्बिनी । २५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय

महानगरको सार्वजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ मिलाइदिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल