२५ चैत्र २०८२, बुधबार | April 8, 2026

‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ बजारमा



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलनको विकासमा जनताको बहुदलीय जनवादले महत्वपूर्ण योगदान गरेकोे बताएका छन् ।

पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले लेखेको जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम नामक पुस्तक विमोचन गर्दै उनले कम्युनिष्ट सिद्धान्तलाई लोकतान्त्रिक बनाउन ‘जबज’ ले प्रेरित गरेको बताए ।

जनताद्वारा अनुमोदित भएर शासन सञ्चालन गर्ने, कार्यकर्ताबाट निर्वाचित भएर पार्टीको नेतृत्व गर्ने पद्धतिबाट निरङ्कुशताको अन्त गर्न सकिने विशेषता ‘जबज’ मा पाइने उनको भनाइ थियो ।

आफ्नो पार्टीले जबजलाई छोड्न नसक्ने बताउँदै अध्यक्ष नेपालले त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेकाले महाधिवेशनमा थप छलफल गरिने प्रस्ट पारे ।

पार्टी कमिटीभित्र वैचारिक दृष्टिकोणमा फरक मत राख्न, त्यसबारे बहस गर्न पाइने बताउँदै उनले भने, “हाम्रो पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकले केही राम्रा निर्णय गरेको छ, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीलाई चुस्त बनाउने, विधानलाई बलियो बनाउने काम हामीले गरेका छौँ ।”

अध्यक्ष नेपालले मुलुकमा उद्यमशीलताको विकास गरी जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री भुसालले समाजवादी क्रान्तिको कार्यभार पूरा गरी देशलाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने बताए । सङ्गठनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन जबजलाई संरक्षण गरी आर्थिक सशक्तिकरण गर्नुपर्नेमा जोड दिँदै उनले विद्यमान विसङ्गतिको अन्त्य गर्नुपर्ने विचार व्यक्त गरे ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ५६ बजे

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट, बजारमा सकारात्मक संकेत

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमण

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने, इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।