२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

नवौ डाँफे कप : मंगलबार उपाधिका लागि न्यु दर्पण र बाग्मती भिड्ने



खजुरा । बाँकेको खजुरामा जारी नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको दोस्रो सेमि फाइनल खेलमा न्यु दर्पण युवा क्लबले रेसिङ्ग साहारालाई हराउँदै फाइनल प्रवेश गरेको छ ।

सोमबार खजुराको मिनि रंगशाला मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा ३–० को गोल अन्तरले न्यु दर्पण विजयी भएको हो । खेलको पहिलो हाप सम्म कुनै पनि गोल हुन नसकेको खेलमा दोस्रो हाफको १३ औं मिनेटमा न्यु दर्पण युवा क्लबका धनसिंह विकले पहिलो गोल गरे । लगतै २१ औं मिनेटमा न्यु दर्पणका भुपेन्द्र शाहिले अर्को गोल गरेर टिमलाई थप अग्रता दिलाए । खेलको दोस्रो हापको २६ औं मिनेटमा पुन धनसिंह विकले थप अर्को गोल गरेका थिए । विकको थप गोल नै खेलको अन्तिम गोल बन्यो ।

म्यान अफ द म्याच न्यु दर्पणबाट दुई गोल गर्ने धनसिंह विक बने । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार म्यान अफ द म्याच घोषित खेलाडी विकले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय प्राप्त गरे । म्यान अफ द म्याच थोपा प्रयोगशालाका सिइयो सुलभ आचार्यले पुरस्कार प्रदान गरेका थिए ।

माघ १५ गतेदेखि सन्चालनमा रहेको नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको फाइनल २३ मंगलबार गते दिनको १ बजेदेखी सन्चालन हुने खेल संयोजक तिलकबीर सुनारले बताए ।

क्लबका अध्यक्ष हरि प्रकाश विकका अनुसार नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन । प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका हुन । खेल प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ पाउने छन । दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक सुनारले बताए ।

विजेता र उप विजेता टिमलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन । फाइनल खेल बाग्मति स्पोर्टस क्लब र न्यु दर्पण युवा क्लब बीच हुनेछ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : ५२ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा