२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

नवौं डाँफे कप फुटवलको उपाधि न्यु दर्पण युवा स्पोर्टस् क्लवलाई



खजुरा । गत १५ गतेबाट बाँकेको खजुरामा जारी नवौं डांफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि खजुरा ४ को न्यु दर्पण युवा स्पार्टस् क्लवले चुमेको छ । खजुरा ४ डी गाउँ स्थित मिनी रङ्गशालामा दर्शकको भरिभराउ उपपिस्थतीका बीच भएको आजको रोमाञ्चक खेलमा ट्राइवेकरको आधारमा न्यु दर्पणले उपाधि चुमेको हो ।

खेलसुरु भएको मध्यान्तर सम्म गोल गर्न नसकेका न्यु दर्पण र बाग्मती स्पोर्टस क्लवको खेलमा दोस्रो हाफको २६ औ मिनेटमा न्यु दर्पणका जर्सी नम्बर १० का खेलाडी धनसिंह बिकले पहिलो गोल गर्दै खाता खोलेका थिए । बिकले खोलेको खाता सहितको अग्रता भने धेरै बेर कायम हुन सकेन । दोस्रो हाफका ३५ औ मिनेटमा बाग्मती स्पोर्टस् क्लवका जर्सी नँबर ११ का श्याम ब्यादीले गोल फर्काउँदै खेललाई बराबरीमा रोकेका थिए ।

त्यसपछिका खेलमा दुबै क्लवका पटक पटकको गोल गर्ने प्रयास असफल भएपछि प्रतियोगिता ट्राइवेकरमा पुगेको थियो । ट्राइवेकरमा न्यु दर्पणले ७ गोल प्रहार गर्दा बाग्मती स्पार्टस् क्लव भने ६ गोलमा चित्त बुझाउन बाध्य बनेको थियो ।

प्रतियोगिताको उपाधि चुमेको न्यु दर्पणले १ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । खेलको उपविजेता न्यु बाग्मतीले ८५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । विजयता टिमलाई खजुरा गाउँपालिकाकी उप प्रमुख मन्जु मल्ल चन्दले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिन् ।

प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका हुन् भने दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकबीर सुनारले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोहमा खजुरा क्षेत्रबाट राष्ट्रिय खेलकुदमा पदक जित्न सफल ८ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको थियो भने प्रथम पुरस्कार प्रायोजक लिलबहादुर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ४१ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा