१२ श्रावण २०८१, शनिबार | July 27, 2024

खजुरा गाउँपालिकाका प्राबिधिकमाथि वडा अध्यक्ष गरिबेले गरे मुक्का प्रहार



खजुरा । बाँकेको खजुरा गाउँपालिकामा कार्यरत प्राबिधिक (सव ओभरपिसयर) पालिकाकै एक वडा अध्यक्षबाट कुटिएका छन् । एउटा विद्यालयको कार्यसम्पन्न प्रतिवेदन तयार गर्न विद्यालय परिषर पुगेका प्राबिधिक खजुरा ५ का वडा अध्यक्ष गरिबे शेखबाट कुटिएका हुन् ।

खजुराको वडा नम्बर ६ स्थित भानु मा.वि. उढरापुरमा आव ०८०/०८१ को बजेट २ लाख बराबरको विद्यालयको खेल मैदानमा माटो पटान गर्ने योजनाको कार्य सम्पन्न प्रतिवेदनका लागि प्राविधिक मुल्याङ्कन गर्न नाप जाँचका लागि खटिएक प्राविधक लिला राज धामीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं खजुरा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष शेखले मुक्का प्रहार गरेको पालिकाका कर्मचारीहरुले बताएका छन् । प्राविधिक कुटिएको भन्दै पालिकाका कर्मचारीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

वडा अध्यक्ष शेखले माटो पटान भएको खेल मैदानमा नाप जाँच नै नगरि सम्झौता बराबरको रकम बमोजिम प्राविधिक प्रतिवेदन तयार गर्न दबाव दिएको र नापजाँच नगरि प्रतिवेदन तयार गर्न नमान्दा धामीमाथि अस्लिल गाली गर्दै मुक्का प्रहार भएको कर्मचारीहरुको आरोप छ ।

मुक्का प्रहारबाट चोटलागेर सव ओभरसियर घाइते भएको बताइएको छ । प्राविधिकको गाला र माथिल्लो ओट सुनिएको छ। वडाध्यक्ष गरिबेले प्राविधिकलाई कुटपिट गरेपछि खजुराका प्राविधिकहरूले कामकाज ठप्प पारेका छन्। इलाका प्रहरी कार्यालय धनौलीमा उनीहरु वडाध्यक्ष गरिबेविरुद्ध उजुरी हाल्न पुगेका छन्।

पालिकाका कर्मचारीहरुले आजै एक विज्ञप्ति जारी गर्दै कार्य स्थलमा कर्मचारी खटिइ कार्यसम्पादन गर्दा असुरक्षित, अमर्यादित तथा अशान्ति पूर्ण व्यवहार पटक पटक वडा अध्यक्ष शेखबाट कर्मचारीले भोग्नु परेको जनाएका छन् । कर्मचारीहरुले अभद्र व्यवहार र कुटपिट प्रति घोर भत्सर्ना गर्दै वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष गरिवे शेखलाई प्रचलित कानुन वमोजिम हदै सम्मको कारवाही गर्न आग्रह गरेका छन् ।

उनीहरुले खजुरा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयले कर्मचारीलाई शान्तिपूर्ण र सुरक्षित वातावरण भएको प्रत्याभुति नहुन्जेल सम्म कुनै पनि कर्मचारी कार्यस्थलमा नफर्किने समेत चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : ०६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान