१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

खजुरा गाउँपालिकाका प्राबिधिकमाथि वडा अध्यक्ष गरिबेले गरे मुक्का प्रहार



खजुरा । बाँकेको खजुरा गाउँपालिकामा कार्यरत प्राबिधिक (सव ओभरपिसयर) पालिकाकै एक वडा अध्यक्षबाट कुटिएका छन् । एउटा विद्यालयको कार्यसम्पन्न प्रतिवेदन तयार गर्न विद्यालय परिषर पुगेका प्राबिधिक खजुरा ५ का वडा अध्यक्ष गरिबे शेखबाट कुटिएका हुन् ।

खजुराको वडा नम्बर ६ स्थित भानु मा.वि. उढरापुरमा आव ०८०/०८१ को बजेट २ लाख बराबरको विद्यालयको खेल मैदानमा माटो पटान गर्ने योजनाको कार्य सम्पन्न प्रतिवेदनका लागि प्राविधिक मुल्याङ्कन गर्न नाप जाँचका लागि खटिएक प्राविधक लिला राज धामीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं खजुरा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष शेखले मुक्का प्रहार गरेको पालिकाका कर्मचारीहरुले बताएका छन् । प्राविधिक कुटिएको भन्दै पालिकाका कर्मचारीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

वडा अध्यक्ष शेखले माटो पटान भएको खेल मैदानमा नाप जाँच नै नगरि सम्झौता बराबरको रकम बमोजिम प्राविधिक प्रतिवेदन तयार गर्न दबाव दिएको र नापजाँच नगरि प्रतिवेदन तयार गर्न नमान्दा धामीमाथि अस्लिल गाली गर्दै मुक्का प्रहार भएको कर्मचारीहरुको आरोप छ ।

मुक्का प्रहारबाट चोटलागेर सव ओभरसियर घाइते भएको बताइएको छ । प्राविधिकको गाला र माथिल्लो ओट सुनिएको छ। वडाध्यक्ष गरिबेले प्राविधिकलाई कुटपिट गरेपछि खजुराका प्राविधिकहरूले कामकाज ठप्प पारेका छन्। इलाका प्रहरी कार्यालय धनौलीमा उनीहरु वडाध्यक्ष गरिबेविरुद्ध उजुरी हाल्न पुगेका छन्।

पालिकाका कर्मचारीहरुले आजै एक विज्ञप्ति जारी गर्दै कार्य स्थलमा कर्मचारी खटिइ कार्यसम्पादन गर्दा असुरक्षित, अमर्यादित तथा अशान्ति पूर्ण व्यवहार पटक पटक वडा अध्यक्ष शेखबाट कर्मचारीले भोग्नु परेको जनाएका छन् । कर्मचारीहरुले अभद्र व्यवहार र कुटपिट प्रति घोर भत्सर्ना गर्दै वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष गरिवे शेखलाई प्रचलित कानुन वमोजिम हदै सम्मको कारवाही गर्न आग्रह गरेका छन् ।

उनीहरुले खजुरा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयले कर्मचारीलाई शान्तिपूर्ण र सुरक्षित वातावरण भएको प्रत्याभुति नहुन्जेल सम्म कुनै पनि कर्मचारी कार्यस्थलमा नफर्किने समेत चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : ०६ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा