२ पुस २०८२, बुधबार | December 18, 2025

१७ औं मनमोहन स्मृति फुटबल : वडा नं १५ र १८ विजयी



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं १५ र १८ विजयी भएका छन् । आजको खेलमा विजयी भएसँगै दुबै टिम दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो खेलमा वडा नं १५ ले वडा नं ५ लाई १–० तथा दोस्रो खेलमा वडा न १८ ले वडा नं.२ लाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिद्घेश्वरी खेलमैदानमा भएको पहिलो खेलमा वडा नं १५ को जितमा एकमात्र गोल दिपेश थापा मगरले गरे । खेलको १३ औ मिनेटमा पाएको पेनाल्टीमार्फत उनले गोल गरेका थिए । खेलमा डेभिड थापामगर म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा वडा नं १८ को जितमा एकमात्र गोल राज गाहामगरले गरेका थिए । उनले पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरे । खेलमा वडा नं १८ का गोलकिपर रबि थारु म्यान अफ दि म्याचबाट पुरस्कृत गरिएको राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका अध्यक्ष गणेश बोहराले बताए ।

बिहिबार बिहान पहिलो खेल वडा नं १९ र १३ र दोस्रो खेल दिउँसो वडा नं ३ र ६ का बीच हुने संयोजक अमृत भण्डारीले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : २३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल