२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा



बुटवल । भैरहवामा यसै बर्ष पाँच तारे होटल -सिद्धार्थ भिलाषा’ सहित देशका विभिन्न स्थानमा स्तरिय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ ।

पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरि करिब ३ दर्जन आउटलेट सन्चालन गर्दै आएको छ ।

२६ बर्ष अगाडि टिकापुरबाट सुरु भएको सिद्धार्थ ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको दाबी गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्ड वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण न्यौपानेले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुप अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धीमुलक रहेको बताए । उनले भने, ‘यो गुणस्तर युक्त आर्थिक रुपमा सक्षम र व्यवस्थित हस्पिटालिटी कम्पनीलाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो ।’

सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी एक हप्ता सम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।

पछिल्लो वर्ष सिद्धार्थ हस्पिटालिटीको भैरहवामा पाँच तारे होटल र चितवनको सौराहमा लग्जरी रिसोर्ट सञ्चालनमा रहेको छ । गत वर्ष नै नेपालगञ्ज स्थित होटलले पर्यटन क्षेत्रको प्रतिष्ठित साटा अवार्ड पाएको थियो भने भने पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्ट र सुर्खेत स्थित सिद्धार्थ रिसोर्टले नेपाल सरकारबाट खाद्य गुणस्तरमा (अतिउत्तम) वर्गीकरण प्राप्त गर्न सफल भएका छन् । गत बर्ष नै सुर्खेतको रिसोर्टले ३७ कोठा, वेलनेस सेन्टर (स्विमिङ पुल, हेल्थ क्लब, स्पा) र रेस्टुरेन्ट थप गरि चार तारे स्तरमा स्तरउन्नति गरेको थियो ।

वार्षिकोत्सवको अवसरमा बिभिन्न आउटलेटहरू मार्फत रक्तदान, सरसफाइ, अनाथलयहरूमा खाना वितरण तथा विद्यार्थीहरुलाई शिक्षण सामाग्री लगायत आवश्यक सामाग्री वितरण गर्ने कार्यक्रम गरिएको न्यौपानेले जानकारी दिए ।

यस वर्ष ुसाकारुमार्फत ग्रुपले क्यान्सर पिडित एवं मृगौला पिडितलाई आर्थिक सहयोग गरेको र रुकुम-जाजरकोटमा गएको भूकम्पका पिडितहरूलाई राहत स्वरुप ५ लाख रुपैयाँको सामाग्री सहयोग गरिएको न्यौपाने जानकारी दिए ।

हस्पिटालिटीसँगै अन्य व्यवसायः

यस ग्रुपले हस्पिटालिटीसँगै सिद्धार्थ ट्रेडिङ्ग कन्सर्न, सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी, सिद्धार्थ बायोटिका (कृषि फर्म), सर्व टेक्नोलोजीज् लगायत कम्पनीमार्फत विभिन्न क्षेत्रमा व्यवसाय अगाडि बढाइरहेको छ ।

सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष न्यौपानेले बताए ।

न्यौपानेका अनुसार अगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटिमा ब्याङ्क्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ ।

त्यस्तै आगामी वर्ष भित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्ट र कपिलवस्तुको चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टलाई चार तारे होटलमा स्तरउन्नति गर्ने योजना अनुरुप काम भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : ३९ बजे

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

बजेटअघि आयात गरिएका “बीवाईडी” गाडीबारे साइमेक्सको स्पष्टिकरण, ‘सबै प्रक्रिया कानुनअनुसार’

काठमाडौं । नेपालमा “बीवाईडी” विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्क

माछापुच्छ्रे बैंकको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

काठमाडौ । माछापुच्छ्रे बैंकको रु १०० अंकित दरका कुल ३,००,००,०००

नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगन्ज । नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ ।